|

काठमाडौँ : कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संक्रमणकालीन न्यायसम्बन्धी (टिआरसी) विधेयक संसदको हिउँदे अधिवेशनमा पारित गर्नुपर्ने बताएका छन्। 

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक र सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक अति आवश्यक भएकाले अब शुरु हुने संसदको हिउँदे अधिवेशनमा त्यसलाई टुंगो लगाउनैपर्ने उनको भनाई थियो। 

मंगलबार काठमाडौंमा आयोजित ‘विस्तृत शान्ति सम्झौताको १८ वर्षः अधुरो संक्रमणकालीन न्याय प्रक्रियाको ठोस समाधान’ अन्तरक्रियामा मन्त्री गुरुङले १७/१८ वर्षदेखि थाँती रहेको संक्रमणकालीन न्यायसम्बन्धी विधेयक छिटो पारित हुनुपर्छ भन्नेमा सरकारलाई सबैले साथ दिनुपर्ने बताए।

उनले भने, ‘अब आउने हिउँदे अधिवेशनमा टिआरसी विधेयक र सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक एकदमै आवश्यक परेकाले यसलाई टुंग्याउनु पर्छ र यसलाई छिटो टुंग्याउनु पर्छ भन्नेमा छौं। त्यसपछि संघीय निजामती ऐन टुंग्याउने छौं। संघीय प्रहरी ऐन टुंग्याउनु छ‚ यस्ता विधेयक धेरै छन्।’

मन्त्री गुरुङले सरकारले संघीय निजामती सेवा ऐन, संघीय प्रहरी ऐन ल्याउन पनि ढिलाई नगर्ने आश्वासन दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.