काठमाडौँ : नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले राज्यसत्ता आधुनिक राजनीतिक लुटेराबाट सञ्चालन भइरहेको आरोप लगाएका छन्।
मंगलवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले केही सम्रान्त परिवार र पार्टीका केही व्यक्तिहरुले मात्रै राज्य संयन्त्रको दोहन गरिरहेको बताए।
उनले ती व्यक्तिहरुले दूरदराजमा भएका भुईं मान्छेहरुका आवाज र गरिबका आवाज उठ्न नदिएको बताए। सांसद शर्माले चाडपर्वका समयमा चिनी अभाव गराइ रातारात कालोबजारीमा परिणत गर्ने काम प्रधानमन्त्री पुष्पकमल दाहालको परिवारका सदस्यहरुले गरेको आरोप लगाए।
सांसद शर्माले देशमा लोकतन्त्रको विकल्प नभएको तर नियन्त्रित डेमोक्रेसीकोरुपमा नेपालमा प्रणालीलाई विकसित गरिएको बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।