काठमाडौँ : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपमहासचिव एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संक्रमणकालीन न्यायसम्बन्धि मुद्दामा पार्टीको कुनै पनि राजनीतिक स्वार्थ नरहेको बताएका छन्।
उपमहासचिव ज्ञवालीले पीडितलाई न्याय दिने गरी सो मुद्दा टुंगोमा पुर्याउनुपर्ने एमालेको स्पष्ट धारणा रहेको बताए। मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले एमालेले पीडितलाई न्याय दिने गरी सो मुद्दा छिटोभन्दा छिटो टुंगोमा पुर्याउन चाहेको पनि बताए।
उपमहासचिव ज्ञवालीले मानव अधिकारसम्बन्धी नेपालले जनाएको अन्तर्राष्ट्रिय प्रतिबद्धता, पीडितको सहमति र सर्वोच्च अदालतको आदेशको आधारमा सो मुद्दालाई टुंगो लगाउने काममा ढिलाई गर्न नहुने पनि दोहोर्याए।
उपमहासचिव ज्ञवालीले संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्याउँदा दण्डहिनता पनि हुन नहुने र फेरि मुलुकमा द्वन्द्व दोहोरिन पनि नहुने कुराको पनि प्रत्याभूति हुनुपर्नेमा जोड दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।