|
फाइल तस्वीर

काठमाडौं : सर्वोच्च अदालतको न्यायाधीशमा ६ जना सिफारिश भएका छन्। 

न्याय परिषद्ले सर्वोच्चमा रिक्त रहेका न्यायाधीशका लागि ६ जनालाई सिफारिश गरेको हो। ​सिफारिश भएकामध्ये ४ जना उच्च अदालतका न्यायाधीश र २ जना कानुन व्यवसायी रहेका छन्।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको परिषदको बैठकले ४ जना उच्च अदालतका न्यायाधीश र २ जना कानुन व्यवसायीलाई सर्वोच्चको न्यायाधीशमा सिफारिश गरेको हो। 

उच्च अदालतका न्यायाधीशमध्येबाट सारंगा सुवेदी, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना र अब्दुल अजिज मुसलमान सिफारिश भएका छन् भने कानुन व्यवसायीमध्येबाट बालकृष्ण ढकाल र सुनिल पोखरेलको नाम सिफारिश भएको छ।

रिक्त एकजना न्यायाधीशका लागि भने अझै सिफारिश भएको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.