काठमाडौँ : तीन महिनादेखि आइसीयूमा रहेका २१ वर्षीय शेखर माझीको परिवारले सहयोग आह्वान गरेको छ। उनका दाजु र मामाले सहयोगका लागि अनुरोध गरेका हुन्।
पुल्चोक क्याम्पसमा छात्रवृत्तिमा अध्ययनरत २१ वर्षीय शेखर साउन ३० गते एक्कासी लड्न पुगेका थिए। उनको त्रिवि शिक्षण अस्पताल महाराजगन्जको आकस्मिक कक्षमा भर्ना गरिएको थियो। एमआरआई गर्दा टाउकोमा मासु पलाएको देखिएपछि टाउकोको टिबी हुन सक्ने भन्दै उपचार शुरु गरिएको बताइएको छ।
बोल्न, हिँड्न नसक्ने जस्ता समस्या थपिएपछि अपरेशन भयो। ल्याबको रिपोर्ट अनुसार दिमागमा ढुसीको संक्रमण भएको थाहा भयो । यो रोगको औषधि महँगो पर्छ।
विरामीका आफन्त दीपकबहादुर माझीको सिद्धार्थ बैंकको खाता नं ०२९१५११२१०३ मा सहयोग रकम जम्मा गर्न सकिनेछ। सहयोगका लागि विरामीका दाइ : ९८६८७६३५०५‚ मामा : ९८५१२८१६५० र बुवा: ९८६४९५०४१४ लाई सम्पर्क गर्न अनुरोध गरिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।