|

जनकपुरधाम : युवा संघ नेपालले राष्ट्रियगान अपमान सम्बन्धी कसुर मुद्दामा दुर्गा प्रसाईँविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दर्ता गराएको छ।

केही दिनअघि गरिएको एक कार्यक्रममा पुरानो राष्ट्रियगान बजाएर गणतन्त्रविरोधी क्रियाकलाप गरेको भन्दै दुर्गा प्रसाईँलाई विपक्षी बनाएर धनुषा प्रहरीमा जाहेरी दर्ता गराएको छ।

हिन्दु सम्राट सेना धनुषाको आयोजनामा भएको कार्यक्रममा जनविरोधी हर्कत गर्दै पुरानो राष्ट्रियगान बजाएकाले धनुषा प्रहरीमा एमाले निकट युवा संघले जाहेरी दर्ता गराएको छ।

हिन्दू सम्राट सेना धनुषाले कार्तिक २८ गते आयोजना गरेको कार्यक्रममा दुर्गा प्रसाईं प्रमुख अतिथि रहेका थिए। उक्त कार्यक्रममा पुरानो राष्ट्रियगान ‘श्रीमान् गम्भीर नेपाली’ बजाइएको थियो।

राष्ट्रियगानको अपमान गरेर अपराध गरेको भन्दै प्रसाईंविरुद्ध मुद्दा दर्ता गराएको युवा संघ नेपाल धनुषाका अध्यक्ष रोशनकुमार यादवले बताए।

कुनै पनि व्यक्तिलाई संविधान तथा कानून प्रतिकूल हुने गरी काम गर्न छुट नरहेको भन्दै प्रसाईंलाई हदैसम्म कैद तथा जरिवाना गर्न माग समेत गरे।

मुलुकी अपराध संहिता २०७४ को दफा १५३ सम्बन्धी कसुर गरेको हुनाले निज विपक्षीलाई खोजतलास गरी हदैसम्म कैद तथा जरिवाना गरी पाऊँ भनी जाहेरी दर्ता गरिएको जाहेरीकर्ता यादवले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.