|

काठमाडौं : पूर्वमन्त्री एवं पूर्वराजदूत डा. भेषबहादुर थापाको ‘राष्ट्र-परराष्ट्र, एकतन्त्रदेखि गणतन्त्रसम्म’ पुस्तक लोकार्पण भएको छ। पुस्तकको लोकार्पण लेखक थापा‚ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा स्वर्णिम वाग्ले र सुमना श्रेष्ठलगायतले गरेका थिए। 

मंगलवार काठमाडौंमा एक कार्यक्रम गरि पुस्तक लोकार्पण गरिएको हो। पुस्तक लोकार्पणमा लेखक थापाले परिवार र सदभाव राख्ने मित्रहरुको निरन्तर प्रेरणा र आग्रहमा पुस्तक लेख्न सफल भएको बताए। 

उनले पुस्तकमा कलिलो उमेरदेखि सरकारी तवरबाट राष्ट्रिय योजना, आर्थिक‚ राजनीतिक, कूटनीतिक र अन्तरराष्ट्रिय क्षेत्रमा काम गर्दाको अनुभव रहेको बताए। 

उनले पुस्तकमा व्यक्तिगत धारणा नभइ आफ्नो व्यावसायिक जीवनको दौरानमा राष्ट्रका लागि महत्त्वपूर्ण घटना र मुद्दालाई समेट्ने प्रयास गरिएको बताए। पुस्तकले आफ्नो पुस्ताले गरेको प्रयासले नेपालको भविष्य निर्माणका लागि आधार सिर्जना गरेको विश्वास उनले व्यक्त गरे।

उनले भने, ‘मैले यो पुस्तक लेख्ने कल्पना पनि गरेको थिइनँ तर परिवार र सदभाव राख्ने मित्रहरुको निरन्तर प्रेरणा र आग्रहमा यो पुस्तक जन्मिएको हो। यो पुस्तकमा कलिलो उमेरदेखि नेपाल सरकारमार्फत राष्ट्रिय योजना, आर्थिक राजनीतिक, कूटनीतिक र अन्तरराष्ट्रिय क्षेत्रहरुमा काम गर्दाका अनुभव छन्। व्यक्तिगत धारणा नभइ आफ्नो व्यावसायिक जीवनको दौरानमा राष्ट्रका लागि महत्त्वपूर्ण घटना र मुद्दालाई समेट्ने प्रयास गरेको छु। हाम्रो पुस्ताले गरेका यी प्रयासले नेपालको भविष्य निर्माणको लागि आधार सिर्जना गरेको छ भन्ने ठानेको छु।’

पूर्वमन्त्री थापाको पुस्तक लोकार्पणमा रास्वपा सांसद डा. वाग्ले र श्रेष्ठले पुस्तकले नेपालको भविष्य निर्माणको लागि नयाँ आयाम थप्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.