ललितपुर : ललितपुर प्रशासनले पुल्चोक र यस आसपासका क्षेत्रमा आउँदो ६ महिनासम्मका लागि निषेधाज्ञा जारी गरेको छ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितद्वारा आज जारी आदेशमा पुल्चोकस्थित मन्त्री निवास र युएन हाउस क्षेत्रको सुरक्षा संवेदनशीलताका कारण निषेधित क्षेत्र तोकिएको उल्लेख छ।
जारी आदेशमा भनिएको छ, ‘मङ्सिर ५ गतेदेखि आगामी ६ महिनासम्मका लागि पाँच जनाभन्दा बढी व्यक्ति भेला भई नाराजुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरेको आदेश जारी गरिएको छ।’
यसअघि सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौँले माइतीघर-नयाँबानेश्वर क्षेत्र एक महिनाका लागि निषेधाज्ञा जारी गरेको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।