|

काठमाडौँ : अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकबाट ऋण लिएर नतिर्नेलाई राज्यले नछाड्ने बताएका छन्।

मंगलवार अर्थतन्त्रका वर्तमान समस्या र समाधानबारे भएको छलफलपछि बोल्दै उनले ऋण लिएर नतिर्नेहरूको सुनुवाई राज्यबाट नहुने बताए। उनले अफ्ठ्यारोमा परेकाहरूलाई भने सरकारले केही समय उपलब्ध गराउने पनि बताए।

उनले भने, ‘साना उद्योग, व्यवसायलाई प्रमोट गर्ने क्षेत्रमा अझ तदारुकताका साथ काम गर्ने निस्कर्ष निस्कियो। जो साँच्चिकै समस्यामा छन्, उनीहरूलाई सरकार र राष्ट्र बैंकका तर्फबाट सहजीकरण गर्ने भन्ने कुरा आएको छ। तर ऋणको सवालमा ऋण लिएर तिर्दैतिर्दिन भनेर जो लाग्छ, त्यसको सुनुवाई हुँदैन।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.