काठमाडौँ : मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई आज प्रहरीले काठमाडौँ महानगरपालिका २२ स्थित गणबहालबाट पक्राउ गरेको छ।
चितवनको ईच्छाकामना गाउँपालिका ४ घर भई काठमाडौँको न्युरोड बस्दै आएका २३ वर्षीय टेकबहादुर मगर र सिन्धुलीको दुधौली नगरपालिका २ घर भई काठमाडौँ कै संकटा बस्ने २२ वर्षीय रोहित तामाङलाई चोरीका मोटरसाइकलसहित नियन्त्रणमा लिइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।
वास्तविक नम्बर परिवर्तन गरी चलाइरहेको अवस्थामा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको पीडित सहायता ईकाइबाट खटिएको टोलीले मोटरसाइकलसहित फेला पारी उनीहरुलाई नियन्त्रणमा लिएको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।