|

काठमाडौँ : पूर्वराजा ज्ञानेन्द्र शाहले झापाको बिर्तामोडस्थित इकम कलेजको उद्घाटन गरेका छन्।

शनिवार झापामा उनले इकम कलेजको प्राङ्गणमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिक अनावरण गरेका हुन्। पूर्वराजा शाहको स्वागतका लागि झापावासीको भीड रहेको थियो। पूर्वराजाको सुरक्षार्थ झापाको सुरक्षा व्यवस्था कडा बनाइएको थियो।

पूर्वराजाका समर्थकहरू झापासहित इलाम, पाँचथर, ताप्लेजुङ र मोरङ, सुनसरीबाट पनि भेला भई समर्थनमा जुटेका थिए। झापामा पूर्वराजा आएसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीले मेचीनगरबाट र्‍याली निकालेको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.