|

काठमाडौं : वैदेशिक रोजगार विभागले रोजगारीका लागि बेलायत जान आवेदन दिएका मध्ये ७१ जना नर्सको नाम छनोट गरेको छ।

विभागले रोजगारीका लागि बेलायत जान आवेदन दिएका ७ सय ७१ जनाको लिष्टबाट ७१ जना छनोट गरेको हो। 

आवेदनका लागि आवश्यक कागजपत्र पूरा गरेकाहरुको नाम छनोट गरिएको विभागले जनाएको छ।

नर्सको योग्यता र अनुभवका आधारमा सूची तयार पारिएको हो। आवेदन दिँदा कम्तिमा ३ वर्षको नर्सिङ कोर्स पीसीएल नर्सिङ वा बीएन सरहको शैक्षिक योग्यता हासिल गरेको हुनुपर्ने प्रावधान राखिएको थियो।

योसँगै कम्तिमा दुई वर्षको कार्यानुभव र अंग्रेजी भाषामा दख्खल भएको हुनुपर्ने भनिएको थियो। गत जुलाईमा दुई देशबीच नेपाली नर्स बेलायत लैजाने सहमति भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.