|

विराटनगर : एमाले सांसद योगेश भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी खोलेर राजनीतिमा आउन चेतावनी दिएका छन्। आइतबार ताप्लेजुङको सदरमुकाम फुङलिङमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै भट्टराईले चेतावनी दिएका हुन्।

नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभा सदस्य समेत रहेको भट्टराईले मूल ढोकाबाट आउन आग्रह गदै जस्केलाबाट छिर्ने कोसिस नगर्न चेतावनी दिएका छन्।
पूर्वराजा शाहलाई आवास, सुरक्षा लगायत सुविधा दिएको बताउँदै उनले यस्ता गतिविधि गरे कारबाही गर्नुपर्नेमा जोड दिए।

उनले मानवीय नाताले पूर्व राजाकी आमालाई नारायणहिटीमा बस्न दिएको बताउँदै उनले भने, ‘पूर्वराजालाई सुरक्षा दिएका छौं, आवास सुविधा दिएका छौं, फ्रान्सका राजाले यस्तो सुविधा पाएनन्, अरू देशका राजा कत्लेआम भए, त्यसकारणले यो अवस्था बुझ्न म ज्ञानेन्द्र शाहलाई अपिल गर्दछु।’

शाह व्यापारी भएकाले भएकाले उद्योग खोल्न र व्यवसायमा लाग्न उनले सुझाए।

‘उद्योगधन्दा खोल्नुस्,  मानिसहरूलाई रोजगारी दिनुस्। उहाँसँग पैसा छ। राष्ट्रिय उद्योग खोल्नुस्। लगानी गर्नुस्। हिजो कमाएको पैसा छ’‚ भट्टराईले भने, ‘त्यसको सम्मान र सुरक्षा सरकारले गर्छ। तर राजनीतिक अधिकारका लागि सडकमा आउने हो भने जस्केलाबाट छिर्ने कोसिस गर्ने होइन।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.