|

काठमाडौँ : राजधानी काठमाडौँमा भइरहेको नेपाल सुपर लिग फुटबल प्रतियोगितामा साविक उपविजेता धनगढी एफसीले आइतवार वीरगञ्ज युनाइटेड एएफसीलाई पराजित गर्दै विजयी शुरुवात गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदानमा भर्खरै सम्पन्न खेलमा धनगढीले वीरगञ्जलाई २–१ ले पराजित गरेको हो। धनगढीका लागि फोडे फोफानाले खेलको दोस्रो मिनेटमै अग्रता दिलाएका थिए।

त्यसपछि वीरगञ्जका लागि हान्स क्वाफीले खेलको पहिलो हाफको अन्तिम समयमा पेनाल्टीमा गोल गर्दै खेललाई एक/एक गोलको बराबरीमा ल्याए। फलु डियाग्नेले ह्याण्डबल गरेपछि वीरगञ्जले पेनाल्टी पाएको थियो। 

त्यसपछि खेलको ८९औँ मिनेटमा कृतिश रत्न छुन्जुको पासमा अहमद हिजाजीले गोल गर्दै धनगढीको जित पक्का गरे।

जितसँगै धनगढीले प्रतियोगितमा ३ अङ्क जोडेको छ। सोमवार झापा एफसी र स्पोर्टिङ मेची इलामबीच खेल हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.