|

भारतको पश्चिमी राज्य गुजरातमा आइतबार चट्याङ लागेर कम्तीमा १८ जनाको मृत्यु भएको छ।

मुसलधारे वर्षाबाट कम्तीमा २० जनाको मृत्यु भएको र तीमध्ये १८ जनाको भने चट्याङले मृत्यु भएको गुजरातका सरकारी अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। वर्षा र चट्याङबाट कम्तीमा ४० वटा जनावर पनि मरेका छन्।

जाडोमा गुजरातमा यति ठूलो आँधी आउने अनुमान गरिएको थिएन। आँधीसहितको भीषण वर्षाले स्थानीय निकै तर्सिएका भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

भारतमा बर्सेनी बाढी र चट्याङले सयौं मानिसको मृत्यु हुने गरेको भएता पनि वैज्ञानिकहरू बढ्दो विश्वव्यापी तापक्रम वृद्धिले अकल्पनीय बेमौसमी घटना भइरहेको बताउँछन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.