|

पर्वत : नेपाल पत्रकार महासङ्घ गण्डकीका पूर्व अध्यक्ष तथा तत्कालीन केन्द्रीय सदस्य स्व.त्रिभुवन पौडेलको स्मृतिमा स्थापना भएको अक्षयकोषमा उनका पूर्व सहकर्मी रामचन्द्र राईले एक लाख रुपैयाँ सहयोग गरेका छन्।

पत्रकार पौडेलको गत माघ एक गते पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा परी निधन भएको १३ दिनमै उक्त रकम सहयोग गर्ने घोषणा गरे अनुसार अक्षयकोषका लागि रकम उपलब्ध गराएका हुन्।

राईकी छोरी प्राप्ति राई र पत्रकार अपिल त्रिपाठीले उक्त रकमको चेक महासङ्घका प्रदेश महासचिव गोविन्द सुवेदीलाई हस्तान्तरण गरेका हुन।

महासङ्घ गण्डकीले उक्त अक्षयकोष स्थापना गरेको हो। महासङ्घ कास्कीकी अध्यक्ष विमला भण्डारीले पौडेलको सक्रियता र सकारात्मकता सबै पत्रकारका लागि प्रेरणा भएको बताइन्।
पौडेलको स्मृतिमा त्रिभुवन पौडेल स्मृति प्रतिष्ठान पनि गठन भएको छ।

अक्षयकोषको रकम पत्रकारिताको विकासमा प्रयोग गरिने महासङ्घका महासचिव सुवेदीले बताए। राईले अक्षयकोषको विस्तारका लागि आफूले  सुरुवात गरेको बताए। उनले जन्मदिनको अवसरमा रकम पठाएका हुन्।

यो अक्षयकोषमा हालसम्म साढे चार लाख भन्दा बढी रकम सङ्कलन भइसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.