|

बैतडी : सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध शक्तिपीठ मेलौली भगवती मन्दिरमा लागेको मेला ‘देहिजाँत’मा हराएका १५ बालबालिकाको उद्धार गरिएको छ।

मणिलेक माविको जुनियर रेडक्रस सर्कलले ती बालबालिकाको उद्धार गरेको हो।

हराएका बालबालिकाको खोजी गरी उनका आफन्तलाई बुझाइएको जुनियर रेडक्रस सर्कलका सचिव भुपेन्द्र भट्टले बताए।

यसैगरी शिविरबाट १५० जनाको प्राथमिक उपचार गरिएको मणिलेक माविका शिक्षक रमेश पोखरेलले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.