अभद्र र शान्तिविरुद्धको कसुरमा मुद्दा
अभद्र र शान्तिविरुद्धको कसुरमा मुद्दा
काठमाडौँ : उग्र-प्रदर्शनमा उत्रिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकहरू धमाधम पक्राउ पर्न थालेका छन्। प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा प्रसाईंका १५ जना समर्थक पक्राउ परिसकेका प्रहरीले जनाएको छ।
आफूलाई धार्मिक गुरु बताउने श्रीनिवास आचार्यसहित मेडिकल व्यवसायी प्रसाईंका स्वकीय सचिव विनञ्जय थापालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्ने अन्यमा भोजराज तिमिल्सिना, निकेश बास्तोला, हरि विशुङ्खे, दीपक गोस्वामी, देवेन्द्र कार्की, भुवन परियार, यदुनाथ सिग्देल, राजु तामाङ, ऊबहादुर रिजाल, युभिन श्रेष्ठ, सुजन, खड्का, दिपेश खड्का, मेहरमान बस्नेत छन्।
पक्राउ पर्नेमध्ये ५ जनामाथि सार्वजनिक शान्तिविरुद्धको कसुर र तीन जनामाथि अभद्र व्यवहारको कसुरमा मुद्दा चलाईएको छ। श्रीनिवास आचार्य, उनका अंगरक्षक दिपेश खड्का, धर्मगुरु बताउने आचार्यसँगै हिड्ने मेहरमान बस्नेत, सहायक सहयोगी अनिल गुरुङ र सुरक्षाकर्मीमाथि ढुंगा प्रहार गर्ने सुजन खड्कामाथि सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा चलाएको प्रहरी स्रोतले बताएको छ।
यस्तै आचार्यका मुख्य तथा सहायक सहयोगीहरू मनोज थापा विनन्जय थापा र निकेश बास्तोलामाथि अभद्र व्यवहारको मुद्दा चलाइएको छ। प्रसाईंको आह्वानमा मंसिर ७ गतेदेखि काठमाडौँका विभिन्न ठाउँमा प्रदर्शन हुँदै आएको छ।
उग्रप्रदर्शनमा उत्रिएका समर्थकहरू पक्राउ परेपछि प्रसाईंको आन्दोलन लगभग सकिएको छ। सरकारसँगको जन-आक्रोसलाई ऋण मिनाहाको आन्दोलनमा बदल्ने प्रसाईंको सपना पनि चकनाचुर बनेको छ।
प्रसाईंको प्रदर्शनदेखि डराएकाराजनीतिकदल सुरक्षा संयन्त्र परिचालन गरेर आन्दोलन दबाउन सफल भएको बताइएको छ। ठूलै आन्दोलन गरेर सत्ता उलटपुलट गराउने सपना देखेका प्रसाईं भने समर्थकहरू नै नपाएर यतिवेला विलखबन्दमा परेका छन्।
समर्थकहरू कोही पक्राउ पर्ने र कोही घर फर्केपछि प्रसाईं जर्मनीले नेपाललाई दिएको कर्जा मिनाह गर्न सक्छ भने नेपालले आफ्ना गरिब श्रमजिवीलाई दिएको कर्जा मिनाह गर्न किन सक्दैन ? भनेर हल्ला फैलाउन थालेका छन्।
प्रसाईंले कर्मचारी र नेताहरूले वर्षमा १५ खर्ब लुटेर खाएको आरोप लगाउँदै एक वर्ष यो लुट धन्दा बन्द गर्ने हो भने यो देशका नागरिकले रुखमा पासो लागेर मर्नु नपर्ने बताएका छन्।
प्रसाईंमाथि भने आफैँले पनि विभिन्न बैंक तथा वित्तीय संस्थाबाट कराडौँ ऋण लिएको र त्यही ऋण तिर्न नसकेपछि आन्दोलनमा उत्रिएको आरोप लागिरहेको छ। यो आरोपलाई पुष्टि गर्ने स्टाटस प्रसार्इंले आज सार्वजनिक गरेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।