|
तस्वीर : एएफपी

बिबिसी

१७ दिनदेखि भारतीय राज्य उत्तराखण्डको उत्तरकाशीको एउटा निर्माणाधीन सुरुङमा फसेका मजदुरलाई उद्धार गरी बाहिर निकालिएको छ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले उद्धार गरिएका मजदुहरूलाई भेटेका छन्। सुरुङको मुखमा एउटा अस्थायी क्लिनिक बनाइएको छ।

उद्धारकर्ताले ती मजदुरलाई ९० सेन्टिमिटर व्यासको एउटा पाइपबाट एक–एक गर्दै  निकालिएकाे हाे। सुरुङनजिकै गएको एउटा पहिरोका कारण निर्माणाधीन सुरुङभित्र ढुङ्गा र माटो थुप्रिएपछि मजदुरहरू भित्रै थुनिएका थिए। 

उक्त निर्माणाधीन सुरुङमा गत कात्तिक २७ गते (नोभेम्बर १३) देखि फसेका मजदुर बाहिर निकाल्न सुरुङमा पाइप जडान गरिएकाे उद्धारमा संलग्न सरकारी अधिकारीले जनाएका छन्। कात्तिक २७ गते स्थानीय समयानुसार विहान ५ बजेदेखि ४१ मजदुर थुनिएका थिए।

उत्तरकाशी जिल्लामा निर्माणाधीन उक्त सुरुङ उत्तराखण्डका प्रशिद्ध तीर्थस्थलहरूलाई जोड्न र यातायात व्यवस्थामा सुधार ल्याउने सङ्घीय सरकारको महत्त्वाकाङ्क्षी राजमार्ग परियोजनाको अङ्ग हो। 

कतिपय हिमाल र हिमनदी रहेको उक्त क्षेत्रमा हिन्दू धर्मावलम्बीहरूका केही प्रशिद्ध तीर्थस्थल छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तरकाशीमा मजदुर भाइहरूको उद्धार अभियानको सफलताले सबैलाई भावुक बनाएको उल्लेख गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.