|

टर्की प्रहरीले उत्तरपश्चिमी इडिर्ने प्रान्तबाट प्रतिबन्धित समूहका १३ संदिग्ध सदस्यलाई पक्राउ गरेको छ।

प्रान्तीय गभर्नरको कार्यालयले जनाए अनुसार प्रान्तको सीमामा लिंगमेरी गस्तीको क्रममा पक्राउ गरिएकामा प्रतिबन्धित कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) का पाँच संदिग्ध सदस्य र गुलेन आन्दोलनका आठ संदिग्ध सदस्य छन्। 

यो सन् २०१६ मा  ‘कू’ को प्रयास गरेको आरोप लागेको नेटवर्क हो। 
टर्किए, संयुक्त राज्य अमेरिका र युरोपेली संघद्वारा आतंकवादी संगठनको रूपमा सूचीबद्ध पीकेकेले तीन दशक भन्दा बढी समयदेखि टर्किए सरकारविरुद्ध विद्रोह गर्दै आएको छ।

अङ्काराले अमेरिकामा रहेका फेथुल्लाह गुलेनलाई सन् २०१६ जुलाई १५ मा भएको कूको योजनाकारको आरोप लगाएको छ। यो षड्यन्त्रमा कम्तीमा २५० जना मारिएका थिए। 

टर्किए सरकारले ‘कू’ प्रयासपछि सो सञ्जालसँग जोडिएका संदिग्धहरूमाथि व्यापक कारवाही शुरु गरेको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.