|

काठमाडौं :  नेपाल सुपर लिगको डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्स, चितवन एफसीसँग हारबाट जोगिएको छ।  एक गोलले पछि परेको अवस्थामा काठमाडौंले इन्ज्युरी समयमा गोल गर्दै चितवनसँग बराबरी खेलेको हो।

पहिलो संस्करणमा कुनै खेल नजित्ने एक्लो टिम बनेको चितवन मंगलबार पहिलो जितको खोजीमा थियो।  दोस्रो हाफको ८६औं मिनेट मा चितवनका लागि विमल घर्तीमगरले गोग गरे। निर्धारित समयमा चितवन जिततर्फ उन्मुख थियो। 

तर इन्ज्युरी समयमा काठमाडौंका जुनियर जुनियर ओग्नगुइन एनकेग्युले गोल गर्दै बराबरीमा ल्याए। 

यो बराबरीसँगै चार अंक जोडेको काठमाडौं लिगको शीर्षस्थानमा छ। चितवनले एक अंकसहित अंकको खाता खोलेको छ।

प्रतियोगता अन्तरगत आज पोखरा थन्डर्स र ललितपुर सिटी एफसीबीच खेल हुनेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.