|

पर्वत : पर्वतका दुई वटा सहकारी संस्थाले ठगेको भन्दै बचतकर्ताले प्रहरीमा जाहेरी दिएका छन्।

जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार डिभिजन सहकारी कार्यालय बागलुङमा दर्ता भई कुश्मा नगरपालिका–५ मेलमिलापचोकमा कार्यालय रहेको ग्रामीण विकास कृषि सहकारी संस्था लिमिटेडविरुद्ध जाहेरी दर्ता भएको हो। 

बचतकर्तामध्येका लक्ष्मी देवी शर्मा लगायतले जिल्ला प्रहरी कार्यालयमा सहकारी ऐन, २०७४ अन्तर्गत परिभाषित ठगी शीर्षकमा जाहेरी दरखास्त दिएका हुन्। जाहेरी दर्ता भई अनुसन्धानको क्रममा रहेकोले उक्त सहकारी संस्थामा बचतकर्ता रही संस्थाले ठगी गरेको भएमा थप उजुरीको आह्वान गरेको प्रहरीले बताएको छ। 

सहकारीबाट ठगिएको भएा सम्बन्धित व्यक्तिले आ–आफ्नो नागरिकता सहित सहकारीमा रकम जम्मा गरेको आधार देखिने पासबुक, भौचर, स्टेटमेन्ट, मुद्दती प्रमाणपत्र लगायतको प्रमाणको सक्कल साथमा जिल्ला प्रहरी कार्यालय पर्वतमा पुग्न प्रहरीले अनुरोध गरेको छ।

यस्तै डिभिजन सहकारी कार्यालय बागलुङमा नै दर्ता भई कुश्मा नगरपालिका–६ मा कार्यालय रहेको तपाईँ हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका विरुद्ध पनि प्रहरीमा जाहेरी दर्ता भएको छ।

सहकारीका बचतकर्ताहरूमध्येकी शकुन्तला कुमारी श्रेष्ठ लगायतले जाहेरी दिएका हुन्। जाहेरीबारे अनुसन्धान चलिरहेको बताउँदै प्रहरीले उक्त सहकारीबाट ठगिएको भए उजुरी दिन अन्य बचतकर्तालाई आह्वान गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.