|

काठमाडौं : भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझीलाई रिहा गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ। सोही प्रकरणमा जोडिएका उनका छोरा सन्दीप रायमाझीलाई भने उच्च अदालत पाटनले ३० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो।

शुक्रबार पाटन उच्च अदालतका न्यायाधीश प्रकाश खरेल र जनक पाण्डेको संयुक्त इजलासले उक्त प्रकरणमा थुनामा रहेकाहरूमध्ये केही थुनामै रहने केहीलाई धरौटीमा छाड्ने आदेश दिएको छ।

 नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर २८ करोड रुपैयाँभन्दा बढी ठगी गरेको प्रकरणमा जिल्ला अदालत काठमाडौंले पूर्व गृहमन्त्री बालकृष्ण खाँण, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलगायतलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो।

 उनीहरूविरुद्ध ठगी, संगठित अपराध, राज्यविरुद्धको कसुर, लिखतसम्बन्धी किर्ते र एकीकृत कसुरमा जिल्ला अदालत काठमाडौंमा मुद्दा विचाराधीन छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.