|

काठमाडौं : उच्च अदालत पाटनले एनसेलको सेयर बेच्ने आजियाटा ग्रुपको निर्णयविरुद्ध परेको रिटमा आजियाटा ग्रुप र रिट दायर गर्ने गोकुलबहादुर रोकाया  दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।  

रोकायाले धितोपत्र बोर्डमा सूचीकृत भएर आइपिओ जारी गर्नुपर्ने व्यवस्था भए पनि त्यसो नगरी आजियाटाले सेयर बेच्ने निर्णय गरेको भन्दै रिट दर्ता गराएका थिए।

शुक्रवार उच्च अदालत पाटनका न्यायाधीश दीपेन्द्र अधिकारीको एकल इजलासले सो रिटमा सुनुवाइ गर्दै कारण देखाऊ आदेश जारी गरी छलफलमा बोलाएको हो। इजलासले मंसिर २५ गतेका लागि पेशी तोकेको छ।

साथै, निवेदकको मागअनुसारको आदेश दिनु नपर्ने कारण भए १५ दिनभित्र लिखित जवाफ पेश गर्नसमेत आदेशमा उल्लेख छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.