|
फाइल तस्वीर

काठमाडौँ : आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको पहिलो त्रिकोणात्मक शृंखला नेपालले घरेलु मैदानमा नै खेल्ने भएको छ।

नेपाल, नेदरल्याण्ड्स र नामिबियाबीच हुने उक्त शृङ्खला आगामी फागुन ५ गतेदेखि हुने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ।

शृंखलामा नेपालले नेदरल्याण्ड्स र नामिबिया दुवै टोलीसँग २/२ खेल खेल्नेछ। ​​अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)का अनुसार यस संस्करणको खेलमा ८ राष्ट्र सहभागी हुने छन्।

जसमा नेपालसहित नामिबिया, क्यानडा, नेदरल्याण्ड्स, स्कटल्याण्ड, संयुक्त अरब इमिरेट्स (यूएई), ओमान र अमेरिका रहेका छन्।

लिग सन् २०२७ सम्म सञ्चालन हुनेछ। यसअघि सन् २०१९ देखि २०२३ सम्म भएको अघिल्लो संस्करणको लिगमा नेपालले तेस्रो स्थान हासिल गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.