|

काठमाडौं : एफसी चितवनले नेपाल सुपर लिगमा पहिलो जित निकालेको छ।  

दशगथ रंगशालामा गएराति भएको खेलमा वीरगन्ज युनाइटेडलाई २(१ ले हराउँदै चितवनले लिगमा पहिलो तीन अंक जोडेको हो।​

आठौं मिनेटमै सेकेन्ड बारमा प्रहार गर्ने क्रममा टोरिक जेब्रियनले बल प्यारापिटतर्फ पठाएर प्रहार सुरु गरेका थिए। खेलको २९औं मिनेटमा विमलले चितवनलाई ब्रेक थ्रु दिलाए।

पहिलो हाफमै डेडलक तोडेका विमलले लिगमा व्यक्तिगत दोस्रो गरेका हुन्। केही महिनाअघि अस्ट्रेलिया गएका उनलाई चितवनले आइकोनिक खेलाडीका रुपमा अनुबन्ध गरेको थियो। रोशन राना मगरले सेन्टरबाट दिएको पासलाई विमलले डिफेन्डर र गोलकिपर बिट गर्दै गोल गरेका हुन्।

पहिलो हाफमै वीरगन्जका तेज तामाङको प्रहार पोस्टबाहिर गएको थियो।  एक गोलले पछि परे पनि वीरगन्जले अट्याकका राम्रा प्रयास गरेको थियो। ३४औं र ३७औं मिनेटमा वीरगन्जको प्रयास असफल भयो। 

दोस्रो हाफभरी खेल प्रतिस्पर्धात्मक बन्यो। ५५औं मिनेटमा वीरगन्जले गोल गर्यो। विलियन ओपेकले प्रहार गरेको फ्रि किकमा आइकिन्स बफोउरले शक्तिशाली हेडरबाट बराबरी गोल फर्काए। 

चितवनका लागि ६७औं मिनेटमा टोरिक जेब्रिनले सेकेन्ड बारतर्फ प्रहार गरेको बल दीप कार्कीले बचाउन सकेनन्। आठ खेलको जितविहीन यात्रापछि दोस्रो हाफमा चितवन आक्रामक देखिएको थियो। विमलले दिएको पासमा २५ यार्ड बक्स बाहिरबाट टोकिले फायर गरेको बललाई चितवनलाई २(१ को अग्रतामा पुर्याएको हो।

लिगमा आज १ बजे हुने खेलमा झापाले पोखराको सामना गर्नेछ। साँझ साढे ५ बजे हुने खेलमा अपराजित धनगढी र ललितपुर आमनेसामने हुनेछन्।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.