|

काठमाडौँ : भारती खरेल प्रतिष्ठानले अध्यात्मसाधनामा योगदान गरेबापत डा स्वामी आत्मानन्द गिरि गलेश्वरधाम आश्रम देवघाटलाई यस वर्षको भारती खरेल पुरस्कार प्रदान गरेको छ।

प्रतिष्ठानद्वारा आयोजित समारोहमा नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वउपकुलपति डा वासुदेव त्रिपाठीले उनलाई ५१ हजार नगदसहितको पुरस्कार र सम्मानपत्र प्रदान गरे।

साहित्यकार स्व भारती खरेलको ८६औँ जन्मजयन्ती तथा ३१औँ स्मृति दिवसका अवसरमा आयोजित उक्त कार्यक्रममा प्रतिष्ठानका सदस्यसचिव प्राध्यापक प्रयागराज भट्टराई वाशिष्ठले सम्मानित व्यक्तित्वको परिचय र योगदानबारे प्रकाश पारे।

कार्यक्रममा वरिष्ठ गजलकार प्राडा सनतकुमार वस्तीले साहित्यसेवी खरेलको सामाजसेवा र अध्यात्मसाधनामा भएको योगदानको विभिन्न पाटो पक्ष तथा प्रकाशित कृतिबारे जानकारी दिए।

विसं १९९५ मङ्सिर १६ गते जन्मिएकी खरेलको विसं २०४९ साउन ४ गते निधन भएको थियो।  

प्रतिष्ठानले यसअघि विभिन्न सात संस्था, १५ साहित्यकार, चार समाजसेवी र पाँच अध्यात्मसाधकलाई यो पुरस्कार प्रदान गरिसकेको छ। 

स्व खरेलका गङ्गा–जमुना, एउटी आमाको कथा, भजन भारती तथा नवरत्नलगायत नौ कृति प्रकाशित छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.