news

|

मनिला : पूर्वी फिलिपिन्सको मिन्दानाओ टापुमा शनिबार राति ७.६ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ। 

भूकम्पको धक्का फिलिपिन्स, इन्डोनेशिया र वरपरका मुलुकमा समेत महशुस गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

स्थानीय समयअनुसार राति १०:३७ बजे हिनातुआनबाट २१ किलोमिटर उत्तरपूर्वमा ३२ किलोमिटर गहिराइमा भूकम्प गएको यूएसजीएसले जनाएको छ। 

भूकम्पका कारण कुनै मानवीय तथा अन्य भौतिक संरचनामा क्षति भएकोबारे तत्काल कुनै रिपोर्ट प्राप्त भएको छैन। फिलिपिन्स भूकम्पको अत्यधिक जोखिम भएको देश हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.