|

काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणले विभिन्न ३० वटा दूरसञ्चार प्रदायक कम्पनीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। 

प्राधिकरणले आज सार्वजनिक सूचना जारी गर्दै वित्तीय विवरण तथा रोयल्टी नबुझाउने ३० वटा दूरसञ्चार कम्पनीलाई सात दिन भित्र सम्पर्कमा आउन भनेको हो। 

नियमानुसार बुझाउनु पर्ने अडिटेड वित्तीय विवरण, रोयल्टी रकम तथा ग्रामीण दूरसञ्चार विकास कोषको रकम निर्धारित समयभित्र बुझाउनु पर्नेमा नबुझाएको भन्दै प्राधिकरणले आइतबारदेखि सात दिन भित्र सम्पर्कमा आउन भनेको छ। 

पटक–पटक सम्पर्क गर्न पत्राचार तथा इमेल गर्दा समेत सम्पर्क हुन नसकेकोले सूचना जारी गरिएको र उक्त अवधिमा पनि सम्पर्कमा नआए दूरसञ्चार ऐन बमोजिम अनुमतिपत्र खारेजी गर्ने चेतावनी दिइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.