|

नेपालगञ्ज : कोहलपुरबाट ठूलो परिमाणमा लागुऔषधसहित एक दम्पती पक्राउ परेका छन्।

लागुऔषध कारोबार गरेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले कोहलपुर-८ पिपिरीबाट ४० वर्षीय रेवन्त राना र उनकी पत्नी ३३ वर्षीया कविता थापालाई पक्राउ गरेको हो। 

उनीहरुबाट प्रहरीले अफिम र चरेस बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिए। 

प्रहरी नायव उपरीक्षक डाँगीका अनुसार प्रहरीले शनिवार राति पौने ९ बजे उनीहरुको साथबाट बा ५ प ८२१५ नम्बर जीपसहित १२ किलो ७०४ ग्राम चरेस र २ किलो ११६ ग्राम अफिम बरामद गरेको हो।

रेवन्त यसअघि पनि विसं २०७१ चैत १९ गते जिल्ला प्रहरी बर्दियाबाट लागुऔषध कसुरमा पक्राउ परेका थिए। त्यस वेला  उनीविरुद्ध बाँके प्रहरीले २०७२ साल असोज २० गते सार्वजनिक अपराधमा मुद्दा दायरसमेत गरेको थियो। 

साथै इलाका प्रहरी कार्यालय कोहलपुरले २०७३ साल असार ३ गते लागुऔषध मुद्दामा उनलाई पक्राउ गरेको प्रहरीको भनाइ छ।

पक्राउ परेका दम्पतीविरुद्ध अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। लागुऔषध नियन्त्रण ऐनअनुसार उनीहरुलाई १४ देखि १५ वर्ष वा जन्मकैद र ५ लाख रुपैयाँदेखि २५ लाख रुपैयाँसम्म जरिवाना हुनसक्नेछ।

  अघिल्लो समाचार

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.