|

काठमाडौं : हेटौंडामा ट्याक्टर ब्याक गर्ने क्रममा दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ।

हेटौंडा उपमहानगरपालिका-१६ पानीस्वाँरामा मधेश प्रदेश ०३ ००१ त ६९८७ नम्बरको ट्याक्टर ब्याक गर्ने क्रममा दुर्घटना हुँदा चालक र ट्याक्टरमा सवार व्यक्तिको मृत्यु भएको हो।

मकवानपुरका निमित्त प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक प्रकाश शाहका अनुसार चालक बारा निजगढ नगरपालिका-१३ का २६ वर्षीय डिलम थिङ र हेटौंडा पानीस्वाँराका ५६ वर्षीय जितबहादुर थिङको मृत्यु भएको हो।

ट्याक्टर अनियन्त्रित हुँदा पानीस्वारा भिरबाट करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.