|
फाइल तस्वीर

काठमाडौँ : नेपाल वायुसेवा निगमले आन्तरिक हवाई उडानमा अपाङ्गता भएका यात्रुलाई टिकट शुल्कमा छुट दिने घोषणा गरेको छ।

निगमले आफ्ना हरेक आन्तरिक उडानमा सुरुमा टिकट काट्ने अपाङ्गता भएका २ यात्रुलाई हवाई शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो। 

‘अन्तरराष्ट्रिय अपाङ्गता दिवसका अवसरमा आजदेखि लागू हुने गरी रातो, निलो र पहेँलो वर्गको अपाङ्गता परिचय पत्र लिएका यात्रुका लागि हरेक आन्तरिक उडानमा पहिलो दुईजना यात्रुलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरिएको छ,’ निगमले भनेको छ। 

उक्त सुविधाका लागि सम्बन्धित यात्रुले सक्कल परिचय पत्रसहित निगमको कार्यालयमा सम्पर्क राख्नु पर्नेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.