|

काठमाडौं : उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसंघको मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन गएराति घाना प्रस्थान गरेका छन्। 

संयुक्त राष्ट्रसंघले प्रत्येक वर्ष आयोजना गर्ने सम्मेलन यो पटक अफ्रिकी राष्ट्र घानाको राजधानी आक्रामा यही मङ्सिर १९  र  २० गते हुँदैछ। सम्मेलनमा नेपालका तर्फबाट उपप्रधानमन्त्री एवं रक्षामन्त्री खड्कfले नेपाली प्रतिनिधिमण्डलको नेतृत्वको गर्नेछन्। 

सम्मेलनमा अन्तर्राष्ट्रिय शान्ति स्थापनामा योगदान गर्ने सदस्य राष्ट्रका तर्फबाट राष्ट्रसंघ शान्ति स्थापनालाई सहयोग पुर्‍याउन सक्ने विभिन्न नौ क्षेत्रका प्रतिबद्धता प्रस्तुत गरिनुका साथै शान्ति स्थापनासम्बन्धी समस्या तथा चुनौती र तिनको समाधानबारे प्रस्तुति र छलफल हुने जनाइएको छ। 

उपप्रधानमन्त्री खड्काले नेपालका तर्फबाट सम्बोधन गर्नुका साथै प्रतिबद्धता पनि व्यक्त गर्नेछन्। नेपाली टोलीका अन्य सदस्यले विभिन्न कार्यक्रममा भाग लिनेछन्।

सम्मेलनका अवसरमा उपप्रधानमन्त्री खड्कासँग संयुक्त राष्ट्रसंघका उपमहासचिव अतुल खारे,  जिन पियरर ल्याक्क्रोइक्सले शिष्टाचार भेट गर्नेछन्। अन्य राष्ट्रका रक्षा तथा सुरक्षा मन्त्रीहरूसँग भेटघाट तथा द्विपक्षीय सहयोगका विषयमा छलफल हुने कार्यक्रम छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.