|

काठमाडौं : नेपाली बजारमा आज पहेलो धातु सुनको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन छापावाला सुनको भाउ प्रतितोला १ लाख १९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। 

अघिल्लो कारोबार दिन सोमबार छापावाला सुन प्रतितोला १ लाख २१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। यो दिन तोलामा २ हजार ४०० रुपैयाँले घटेको हो।आज तेजावी सुन तोलामा १ लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज चाँदीको मूल्य पनि ४५ रुपैयाँले घटेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुनको भाउ बढेको छ। सुनको  मूल्य प्रतिऔंस २ हजार ३३ डलरमा कारोबार भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.