|

पाल्पा : पाल्पामा मंगलबार बेवारिसे शव फेला परेको छ। ​

तिनाउ गाउँपालिका-३ तल्लो सिद्धबाबा मन्दिर नजिकै सिद्धार्थ राजमार्गको नालीमा अन्दाजी ५० वर्षीय पुरुषको शव बिहान ९ बजे फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताए।

उनी घोप्टो परेको अवस्थामा मृत भेटिएका थिए। अहिलेसम्म सनाखत हुन सकेको छैन। शव पोष्टमार्टमका लागि रूपन्देहीस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको प्रनाउ श्रेष्ठले बताए।

ती व्यक्ति केही दिनदेखि सिद्धबाबा मन्दिर वरिपरि डुलिरहेको बुझिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.