काठमाडौँ : सिंहदरबार प्रवेशका लागि दक्षिण गेटसहितका गेटहरूमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ।
सर्वसाधारण प्रवेश गर्ने दक्षिण गेट सहितका गेटहरूमा चेकजाँचमा कडाइ गरिएको हो। असन्तुष्ट समूहले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बहिर्गमित लडाकुहरूले प्रदर्शन गर्नसक्ने आशंकालाई लिएर प्रहरीले सिंहदरबार प्रवेशमा सुरक्षा मजबुत बनाएको हो।
सिंहदरबारभित्र छिर्ने सवारीसाधन र पैदल यात्रुलाई यति वेला चेकजाँच गरिएको छ। प्रहरीले सवारीसाधन तथा झोला चेकजाँच गरेर मात्रै प्रवेश अनुमति दिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।