|

काठमाडौँ : एनसेलको स्वामित्व खरिद-बिक्रीका सम्बन्धमा प्रश्न उठेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीसहित सत्तारुढ दलका शीर्ष नेताहरूसँग आज छलफल गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको छलफलमा एनसेलको सेयर खरिद-बिक्रीको विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले थाहाखबर जानकारी दिए। 

छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र सञ्चार, कानुन तथा अर्थमन्त्रीलगायतको सहभागीता रहेको छ। 

मलेसियन कम्पनी आजियाटाले एनसेलको सेयर स्वामित्व सतीशलाल आचार्यको कम्पनीलाई बिक्री गरेको थियो। उक्त खरिद-बिक्री प्रक्रिया विवादित बन्न पुगेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.