|

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलका स्वयंसेवकले भूकम्प प्रभावित क्षेत्रमा ८१३ वटा नयाँ अस्थायी आवास बनाउँदा समेत सरकारले केही नगरेको आरोप लगाएका छन्। 

झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा मंगलवार रुकुम पश्चिम र जाजरकोटको सिमाना रिम्ना पुगेका ओलीले यस्तो आरोप लगाएका हुन्।

उनले ८१३ वटा नयाँ अस्थायी आवास बनाएर पीडितलाई हस्तान्तरण गर्दा सरकार के हेरेर बसेको छ भन्दै सरकारलाई प्रश्न गरे। उनले एमालेले अस्थायी आवास २ हजार पुर्‍याउने ढंगले काम गरिरहेको दावी गरे।

उनले भने, ‘यति भोलिन्टियर आएर ८१३ वटा नयाँ अस्थायी आवास बनाएर पीडितलाई हस्तान्तरण गर्दा सरकार के हेरेर बसेको छ? यो संख्या हामीले २ हजार पुर्‍याउने भनेका छौँ। २ हजार आवास हाम्रा भोलिन्टियरहरुले बनाउँछन्, अनि सरकार के हेर्छ? सकिँदो रहेछ नि, सरकारले बनाउनु पर्दैन! सरकारसँग पैसा छ, हामीसँग पैसा छैन तर बिना पैसा नै हामीले ८१३ घर निर्माण गरेका छौँ।’

देशमा समस्या परेको ठाउँमा नेकपा एमाले स्वयंसेवकको रुपमा पुग्ने दावी पनि एमाले अध्यक्ष ओलीले गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.