|

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले गाजापट्टी मानवताको ‘सबैभन्दा अन्धकार समय’ नजिक पुगेको बताएको छ। 

प्यालेस्टिनी क्षेत्रमा मंगलबार सञ्चारकर्मीसँगको कुराकानी​ गर्दै डब्लूएचओका प्रतिनिधि रिचर्ड पिपरकोर्नले गाजापट्टीको स्थिति झन् झन् बिग्रिँदै गएको भन्दै चिन्ता व्यक्त गरे।

‘स्थिति प्रत्येक घण्टा बिग्रिँदै गइरहेको छ। यहाँ दक्षिणी इलाकासहित चारैतिर तीव्र बमबारी भइरहेको छ। धेरै मानिस हतास छन् र करिब सबै मानिस आघातको अवस्थामा छन्’, उनले भने, ‘हामी मानवताको सबैभन्दा अन्धकार घडीको नजिक छौँ। यो बमबारी र जीवनको मूर्खतापूर्ण क्षति रोकिनु पर्छ।’ उनले अब दिगो युद्धविराम आवश्यक रहेको बताए।

हमासको लडाकू समूहले अक्टोबर ७ मा गरेको हमलापछि इजराइलले हमासविरुद्ध युद्धको घोषणा गरेको छ। बन्धक सबैलाई मुक्त गर्ने र हमासलाई समाप्त पार्ने बताउँदै आएको छ। ​​

हमासको हमलामा इजराइलमा अधिकांश सर्वसाधारणसहित एक हजार २०० को मृत्यु भएको थियो। ​गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले युद्धमा गाजामा करिब १५ हजार ९०० जना मारिएको बताएको छ। 

इजराइली सेनाले मंगलबार दक्षिणी गाजामा हमास लडाकूसँग युद्ध शुरु गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.