|

काठमाडौं : ललितपुर सिटी एफसीलाई २–२ को बराबरीमा रोक्दै वीरगञ्ज युनाइटेडले जारी नेपाल सुपर लिग(एनएसएल) को दोस्रो सिजनमा पहिलो अंक प्राप्त गरेको छ ।

निकै रोमाञ्चक बनेको खेलमा वीरगञ्जले शीर्ष स्थानको होडमा रहेको ललितपुरलाई बराबरीमा रोक्दै अंक हात पारेको हो। यसअघिका दुई खेल हारेको वीरगञ्जले तेस्रो खेलमा भने उत्कृष्ट प्रदर्शन गर्‍यो। यता बराबरीसँगै ललितपुरले अंकतालिकाको शीर्ष स्थानमा उक्लिने अवसर गुमायो। 

चार खेलबाट ललितपुरले एक जित र तीन बराबरीका साथ दोस्रो स्थानमा छ। शीर्ष स्थानको धनगढी एफसी भने तीन खेलबाट सात अंक छ। तीन खेल खेलेको वीरगञ्जको भने एक अंक छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.