|

काठमाडौं : मुटुमा समस्या भएर गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीमा उपचाररत गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुगेका छन्। 

बाँसबारी पुगेर उनले श्रेष्ठको स्वास्थ्यावस्थाबारे जानकारी लिएका हुन्।  गृहमन्त्री श्रेष्ठ मंगलबार साँझ गंगालाख राष्ट्रिय हृदय केन्द्र भर्ना भएका थिए। श्रेष्ठको मुटुमा एन्जियोप्लास्टी सर्जरी गरिएको छ।

चीनको भ्रमणमा रहेका बेला गत असोज ३० गते, गृहमन्त्री श्रेष्ठलाई मुटुमा समस्या देखिएको थियो।  त्यसपछि उनलाई चीनमै अस्पताल भर्ना गरिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.