|

सुर्खेत : सल्यानको सिद्धकुमाख गाउँपालिका–३ उचाल्नेमा श्रीमानले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। गएराति अन्दाजी ४५ वर्षका डम्मर सार्कीले आफ्नी श्रीमती अन्दाजी ४० वर्षकी सितली सार्कीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

बुधवार बिहान डम्मर आफैँले श्रीमतीको हत्या गरेको भन्दै प्रहरी कार्यालय पुगेको प्रहरी जवान दिलबहादुर महताराले  जानकारी दिए। ‘हिजो राति डम्मरले श्रीमतीको हत्या गरेपछि  आज बिहानै हाम्रो कार्यालयमा गएर मैले श्रीमतीको हत्या गरेको छु भनेर हाजिर हुनुभयो’, जवान महताराले भने।

उनी प्रहरी नियन्त्रणमा रहेका छन्। ‘अहिले जिप्रकाबाट प्रहरीको टोली घटनास्थलमा आएर अनुसन्धान गरिरहेको छ, मृतक सितलीको टाउँकोमा घाउ देखिएको छ’, उनले भने।

 हत्या के कारणले भएको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.