|

सुर्खेत : नेकपा एकीकृत समाजवादी पार्टी निकट पत्रकारहरूको संगठन समाजवादी प्रेस कर्णाली प्रदेशको अध्यक्षमा दीपककुमार बुढा क्षेत्री (सुर्खेत) निर्वाचित भएका छन्। सुर्खेतमा सम्पन्न संगठनको प्रथम अधिवेशनले बुढाको अध्यक्षतामा सर्वसम्मत १७ सदस्यीय प्रदेश कमिटी निर्वाचित भएको छ।

उपाध्यक्षमा कमल बुढा (डोल्पा), महिला उपाध्यक्षमा राधिकाकुमारी बराल (कालिकोट), सचिवमा शिवलाल डाँगी (सल्यान), कोषाध्यक्षमा कृष्णबहादुर सुनार (दैलेख) र सहसचिव प्रेम वली (जाजरकोट) निर्वाचित भएका छन्।

सदस्यहरूमा वसन्त बागचन, नन्दराम जैसी, आनन्दसिंह बोहोरा, विनोद लम्साल, दान खत्री, करिष्मा गिरी, पुष्पराज वली कुसुम रोकाय र कमला मल्ल सर्वसम्मत निर्वाचित भएका छन्।​

संगठनका केन्द्रीय अध्यक्ष विश्वमणि सुवेदीले शपथ खुवाएका छन्। भेलाले नन्दराज जैसी र दुर्गा बिसीलाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.