|

काठमाडौँ : अमेरिकामा तीन लाखको जागिर लगाइदिने लोभ देखाएर एक व्यक्तिले ५ जनाबाट ६५ लाख ठगी गरेका छन्।

कैलालीको टीकापुर घर भई काठमाडौँको कोटेश्वर बस्ने २८ वर्षका रमेश न्यौपानेले गणेश अधिकारीसमेत ५ जनाको यसरी पैसा कुम्याएर भागेका खुलेको छ।

पैसा लिएर न्यौपाने सम्पर्कविहीन  भएपछि पीडितले दिएको उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको छ। 

वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिने र त्यसकाबापत् प्रतिव्यक्ति ४५ लाख लाग्ने बताएर उनले रकम लिएका अनुसन्धानमा खुलेको छ।  

कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार विभिन्न लोभ देखाएर उनले पीडितबाट पटकपटक गरी ६५ लाख ४५ हजार लिएका थिए।

त्यसपछि परेको जाहेरीका आधारमा प्रहरीले उनलाई काठमाडौँको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालबाट पक्राउ गरेको हो।

उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग काठमाडौँ पठाइएको रेग्मीले बताए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.