|

काठमाडौं : दुई किलो अवैध सुनसहित तीनजना पक्राउ परेका छन्। रसुवाबाट काठमाडौं आउँदै गरेको गाडीबाट प्रहरीले उक्त सुनसहित तीनजनालाई पक्राउ गरेको हो।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नागढुंगाबाट सुन बरामद गरेको प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले थाहाखबरलाई जानकारी दिए।रसुवाबाट सुन काठमाडौं ल्याउँदै गरेको अवस्थामा गोसाइकुण्ड गाउँपालिकाका २८ वर्षका ग्याल्छिरिङ तामाङ, २६ वर्षका विरु तामाङ र २१ वर्षका सुनिल भुजेललाई पक्राउ गरेको प्रहरी उपरीक्षक रेग्मीले बताए।

उपरीक्षक रेग्मीका अनुसार उनीहरुले हरियो रंगको स्कारपियो जिपको गेयरबक्समा लुकाएर २ किलो सुन काठमाडौं भित्र्याउन लागेका बेला नागढुंगाबाट समातिएका हुन्।

उनीहरूले रसुवा नाकाबाट सुन ल्याएको खुलेको तर सुन कहाँबाट ल्याइएको र कहाँ लैजान लागेका भन्ने खुलिनसकेको प्रहरीले जनाएको छ। थप अनुसन्धान तीव्र पारिएको एसपी रेग्मीले बताए।

यस्तै, आजमात्रै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित २ जना पक्राउ परेका थिए।

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.