|

इजरायली मन्त्रीका छोरा गाजा युद्धमा मारिएका छन्। इजरायली सेनाका पूर्व-प्रमुखसमेत रहेका गाडी आइजनकोटका छोरा मेजर गाल आइजनकोट बिहीबार हमाससँगको लडाइँका क्रममा मारिएको इजरायली सेनाले जनाएको छ।

समाचार संस्था अलजजिराका अनुसार आइजनकोट सन् २०१५ देखि २०१९ सम्म इजरायली सेनाका प्रमुख थिए

हालका प्रधानमन्त्री नेतान्याहु नेतृत्वका उनी वर्तमान मन्त्रीसमेत रहेका छन्। नेतान्याहुले गाडी आइसेनकोटप्रति समवेदना पनि व्यक्त गरेका छन्।

“इजरायल सरकार र इजरायलका नागरिकहरू तपाईंसँगै शोकमा छन्। हामी विजय नभएसम्म लडाइँ जारी राख्नेछौं, "नेतान्याहुले सामाजिक सञ्जाल एक्समा लेखेका छन्।

गाजामा अक्टोबर ७ देखि हालसम्म ८८ आइडीएफ सैनिक मारिएको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.