|

काठमाडौँ : नेपाल उद्योग परिसंघअन्तर्गतको नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले पुस ७ गते स्टार्टअप फेस्ट २०२३ आयोजना गर्ने भएको छ।

शुक्रवार परिसंघको युवा उद्यमी मञ्चले पत्रकार सम्मेलन गर्दै पुस ७ गते काठमाडौँमा देशकै सबैभन्दा ठूलो स्टार्टअप फेस्ट २०२३ आयोजना गर्न लागेको जानकारी गराएको हो। 

परिसंघले नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र राष्ट्रिय योजना आयोगसँगको सहकार्यमा सीएनआईवाईइएफ स्टार्टअप फेस्ट २०२३ आयोजना गर्न लागिएको बताएको छ। 

पत्रकार सम्मेलनमा बोल्दै परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले स्टार्टअपलाई अभियानका रुपमा अघि बढाउने, नविन सोच भएका स्टार्टअपहरुलाई लगानी जुटाउन सहयोग गर्ने र मेक इन नेपाल स्वदेशी अभियानको प्रवर्द्धन एवं नीतिगत बहस गर्ने उद्देश्यले नेपाल स्टार्टअप फेस्ट आयोजना गर्न लागेको बताए।

उनले अहिले युवाहरु निराश रहेको भन्दै युवाहरुको फेस्टिभको रुपमा स्टार्टअपहरुको लागि स्टार्टअप फेस्ट गर्न लागेको बताए। 

उनले नेपालमा पनि केही लगानी गर्न सकिन्छ र नेपालमा नै केही गरौं भन्ने युवाहरुलाई सन्देश दिनको लागि मेला आयोजना गर्न लागिएको बताए।

उनले मुलुकको आर्थिक अवस्था सिथिल भएकाले युवाहरुलाई जागरुप बनाउने सहि समय भएको बताए। उनले युवाहरुलाई उद्यमसँग जोडेर उद्यमी बनाउने उदेश्यले परिसंघले यस्तो आयोजना गरिएको बताए। 

स्टार्टअप फेष्ट २०२३ मा  दुई सय ५० भन्दा बढी स्टार्टअप्सले लगानीका लागि परियोजनासहित प्रस्ताव पेस गरेका छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.