|

चितवन : जिल्लाका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। 

दुर्घटनामा भरतपुर महानगरपालिका–२८ का ४८ वर्षीय रणबहादुर बानियाँ र पैदलयात्री भरतपुर महानगरपालिका–१९ कि ३५ वर्षीया सरस्वती गुरुङको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार आज भरतपुर महानगरपालिका–१८ गुञ्जनगरमा भीमनगरबाट वडा कार्यालयतर्फ जाँदै गरेको ना ५१ प ६४९२ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा सरस्वती गुरुङको मृत्यु भएको हो। उनको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो।

सो दुर्घटनामा मोटरसाइकल चालक भरतपुर महानगरपालिका–१८ का  ३० वर्षीय आइतसिंह घर्ती र  पछाडी सवार निजको श्रीमती वर्ष २६ की सुशीला घर्ती घाइते भएका छन्। 
 
यस्तै जिल्लामा भएको दुर्घटनामा घाइतेमध्ये एक जनाको उपचारका क्रममा आज मृत्यु भएको छ। भरतपुर महानगरपालिका–२८ अन्द्रौलिमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलको पछाडी सवार रणबहादुर बानियाँको मृत्यु भएको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.