|

भरतपुर : चितवनको माडीमा बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा परेर एउटै विद्यालयका शिक्षक र लेखापालको मृत्यु भएको हो। 

शनिबार साँझ माडी नगरपालिका–१ बरुवास्थित चिताइ खोलाको पुलमा लु २ च २५०८ नम्बरको बालेरो जिपले बागमती प्रदेश–०६–००१ प ४०९३ नम्बरको मोटरसाइकलालाई ठक्कर दिएको थियो। ​

दुर्घटनमा मोटरसाइकल चालक सोमेश्वर माध्यमिक विद्यालयका लेखापाल सूर्य अधिकारी र मोटरसाइकल पछाडि सवार शिक्षक बेगबहादुर खत्रीको मृत्यु भएको हो। अर्का शिक्षक भवानीप्रसाद पौडेल घाइते भएका छन्।

तीनै जना माडीको सोमेश्वर माध्यमिक विद्यालयमा कार्यरत थिए। बेलेरोको ठक्करबाट गम्भीर घाइते भएका खत्रीको बगौडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो भने अधिकारीको भरतपुरमा उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको हो। ​

मृतक पौडेल माडी नगरपालिका–१ निवासी र खत्री सुर्खेतको सिन्ता गाउँपालिका–३ आग्रीगाउँ निवासी हुन् । दुर्घटनामा घाइते स्याङ्जा घर भएका पौडेलको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। ​

पौडेलको अवस्था मध्यम रहेको इलाका प्रहरी कार्यालय माडीका प्रमुख दीपक रिजालले जानकारी दिए। ठक्कर दिने बोलेरो र चालकलाई इलाका प्रहरी कार्यालय माडीले नियन्त्रणमा लिएको उनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.