|

काठमाडौं :  नेपालले एसिसी यू–१९ एसिया कपमा अफगानिस्तानविरु५ टस जितेर फिल्डिङ गर्ने भएको छ। 

दुबईको आइसिसी एकेडेमी ओभल–२ मैदानमा नेपालका कप्तान देव खनालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका छन्। नेपाल अफगानिस्तानलाई हराउँदै सेमिफाइनल पुग्ने सम्भावना कायमै राख्न चाहन्छ।

आजको खेलमा यदि पराजित भएमा नेपालको सेमिफाइनल सम्भावना अंक गणीतिय बाँकी हुनेछ। नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो। अफगानिस्तान भारतसँग ७ विकेटले हारेको थियो। दुबै टोली पहिलो जितको खोजीमा छन्।  

नेपालले हारेपनि पहिलो खेलमा युवा ब्याटर उत्तमथापा मगरले ५१ रनको अर्धशतकीय इनिङ खेलेका थिए। दीपेश कँडेलले २९ रन जोडेका थिए। 

नेपालले अन्तिम खेल मंगलबार भारतसँग खेल्नेछ। पहिलो खेलमा हारपछि शीर्ष दुईमा रहँदै सेमिफाइनल खेल्न बाँकी दुबै खेलमा जित हात पार्नुपर्ने हुन्छ। 

समूह ए मा नेपाल, भारत, पाकिस्तान र अफगानिस्तान छन् । समूह बी मा युएई, जापान, बंगलादेश र श्रीलंका छन्। आजको अर्को खेलमा भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.